धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली–२ मा अग्रता बढाउँदै नागरिक उन्मुक्ति पार्टी

कैलाली–२ मा अग्रता बढाउँदै नागरिक उन्मुक्ति पार्टी

धनगढी । कैलाली क्षेत्र नम्बर–२ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवारले मतान्तर बढाउनथालेका छन् ।

क्षेत्र नम्बर–२ मा हाल सम्म ६ हजार ५ सय ७४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरीले दुई हजार ४ सय ३८ मत प्राप्त गर्दै अग्रता कामय गरिरहेका छन् ।

अरुणलाई एक हजार ८ सय ३४ मत सहित नेकपा माओबादी केन्द्रका उम्मेदवार भगतबहादुर बडुवालले पच्छ्याइरहेका छन् भने, एक हजार ६ सय ७० मत ल्याउदै नेकपा एमालेका उम्मेदवार झपड रावल तेश्रो स्थानमा रहेका छन ।

कैलाली क्षेत्र नम्बर–१ मा पनि नागरिक उन्मुक्ति पार्टीले सुरु देखिनै अग्रता कायम गरिरहेको छ । कैलाली–३ मा नागरिक उन्मुक्त पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भइसकेका छन् ।


ट्रेन्डिङ