धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
प्रतिनिधि सभा सदस्य मतगणना

सुदुपश्चिममा कांग्रेस र एमालेको प्रतिनिधि सभाका ५/५ स्थानमा अग्रता, समाजवादी र नागरिक उन्मुक्तिको २/२ ठाउँमा अग्रता

धनगढी । प्रतिनिधि सभा तर्फ सुदूरपश्चिममा नेपाली कांग्रेस र नेकपा एमालेले ५÷५ स्थानमा अग्रसरता लगेका छन् । नागरिक उन्मुक्ति पार्टी दुई स्थानमा र नेकपा एकीकृत समाजवादी दुई स्थानमा अग्रसरता  लिइरहेका छन् ।

 सुदुरपश्चिममा प्रतिनिधि सभाका १६  सदस्य  रहेकोमा  नागरिक उन्मुक्ति पार्टी एक सदस्यमा बिजयी भैसकेको छ  भने बाजुरामा मतदान नै पुरा भएको छैन ।    

बाजुरा बाहेक प्रदेशका सवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम–२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–दुई र तीनमा अग्रता लगेको छ । त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर–१, कैलाली–४ र ५ मा अग्रता लगेको छ ।

अछाम दुईमा नेपाली कांग्रेका पुष्प शाहले अग्रता लिइरहेका छन् भने शाहलाई नेकपा एमालेका यज्ञ बोगटीले पछ्याइरहेका छन् ।, डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा फराकिलो मतान्तरले  अग्रता लिइरहेका छन् । देउवालाई बीपी कांग्रेसका  कर्ण मल्लले पछ्याइरहेका छन् ।

 दार्चुलामा मन्त्री एवम कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले  अग्रता  लगिरहेका छन् ।  २०७४ को चुनावमा बडुलाई पराजित गरेर सांसद बनेका गणेश सिंह ठगुन्ना यस पटक बडुलाई पछ्याइरहेका छन् ।

  कञ्चनपुर–२ मा एनपी साउँद  शुरुदेखि नै अग्रता लगिरहेका छन् ।  सोही क्षेत्रबाट २०७४ मा निर्वाचित एमालेका नर बहादुर धामी  यसपटक शुरुदेखि नै एनपीलाई पछ्याइरहेका छन् ।

 कन्चनपुरकै क्षेत्र नम्बर–३ मा कांग्रेसका रमेश लेखक  नेकपा एमालेकी निरु पाललाई पछि पार्दै अग्रता लगिरहेका छन् ।

बझाङमा एमालेका उम्मेदवार ऐनसिंह महर नेकपा एकीकृत समाजवादीका भानु जैशीलाई पछि पार्दै अग्रिता लिइरहेका छन् । 

  त्यस्तै बैतडीमा एमालेका दामोदर भण्डारी अग्रता लगिरहेका छन् भने माओवादीका नरेन्द्र कुवर एमालेका भण्डारीलाई उछिन्ने प्रयासरत छन् ।

कञ्चनपुर क्षेत्र नम्बर–१ मा तारा लामा तामाङ  नेकपा माओवादीकी बिना तामाङ फराकिलो मतान्तरले पछि पार्दै अग्रता गरिरहेका छन् ।

कैलाली–४ मा एमालेका लेखराज भट्ट  कांग्रेसका बीर बहादुर बलायरलाई शुरुदेखि नै थोरै मतान्तरले अगाडी छन् ।

कैलालीकै ५ मा एमालेका नारदमुनि रानाले अग्रता लगिरहेका छन् भने कांग्रेसका डिल्लीराज पन्त रानालाई पछ्याइरहेका छन् ।  स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा तेश्रो धेरै मत पाइरहेका छन् ।

 


ट्रेन्डिङ