धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली ४ को प्रदेश सभा      १ मा नेकपा एसका सोडारी अग्रस्थानमा

धनगढी  : कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले अग्रता लिएका छन् । सोडारी नेकपा एमालेका भीम देउवा भन्दा  २८३० मतले अगाडी छन् ।

हालसम्म २४३२५ मत गणना हुँदा सोडारीले १०५०७ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी भीमबहादुर देउवाले ७६७७ मत ल्याएका पछ्याइरेका छन्  ।

नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार राजेन्द्र देवकोटाले ३३४० मत पाएका छन् । सो निर्वाचन क्षेत्रमा हालसम्म  २२९७७ मत सदर र १३४८ मत बदर भएका छन् ।

 


ट्रेन्डिङ