धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अर्धकट्टी सहितको मत भेटिएपछि कैलाली ४ मा मतगणना रोकियो

सिपि चौधरी

धनगढी। अर्धकट्टी सहितको मत भेटिएपछि  कैलाली क्षेत्र नंम्बर ४ को मतगणना स्थगित भएको छ ।  प्रतिनिधि सभाको मत गणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि नेकपा एमालेका प्रतिनिधिहरुले माग गरेपछि मतगणना रोकिएको हो ।

निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि सहमतिका लागि मतगणना रोकिएको बताए । उम्मेदवारहरु सहित पार्टीका प्रतिनिधिहरुले आपसमा छलफल गरेर मात्रै गणना सुरु गर्नुपर्ने माग गरेपछि मतगणना रोकेको बताए ।

कैलाली ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ । मत परिणाम अनुसार गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेपाली काँग्रेसका वीर बहादुर बलायरले १९ हजार १७२ मतका साथ अग्रता लष्गिरहेका छन् । एमाले उम्मेदवार लेखराज भट्टले १६ हजार ९०२ मत सहित बलायरलाई पछ्याइरहेका छन् ।


ट्रेन्डिङ