धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

समानुपातिक मत गणना : सुदुरपश्चिममा हालसम्म नागरिक उन्मुक्तिले पायो ८७ हजार मत

समानुपातिक मत गणना : सुदुरपश्चिममा हालसम्म नागरिक उन्मुक्तिले पायो ८७ हजार मत

धनगढी  ।  सुदुरपश्चिम प्रदेशमा समानुपातिक तर्फ अहिलेसम्म  भएको मत गणनामा नागरिक उन्मुक्ति पार्टीले ८७ हजार २३६ मत प्राप्त गरेको छ । उन्मुक्तिले प्राप्त गरेको समानुपातिकतर्फको यो मत संख्या प्रदेशमा अहिलेसम्म  गणनमा भएको मतको ११ प्रतिशत हो ।

सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म ८ लाख ७ हजार १३८ मत गणना भएको छ । करिब एक बर्ष अघि स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेशको कैलालीबाट ३ प्रतिनिधि सभा सदस्य र ५ प्रदेश सभा सदस्य जितेको छ ।

हालसम्म भएको गणनामा  नेकपा एमालेले २ लाख ८६ हजार १८८, नेपाली कांग्रेसले २ लाख ३७ हजार ८६८ र माओवादी केन्द्रले १ लाख १५ हजार ५४४ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीले ४१ हजार २१३  र राप्रपाले ३६ हजार ७७४ मत प्राप्त गरेको छ ।

 सुदुरपश्चिममा प्रदेश सभाका प्रत्यक्षतर्फ ३२ सदस्य र समानुपातिक तर्फ २१ सदस्य गरि ५३ प्रदेश सभा सदस्य निर्वाचित हुने गर्दछन् ।

अहिले सुदुरपश्चिमका बाजुरा बाहेकका ८ जिल्लाको  समानुपातिक तर्फको मत गणना भैरहेको छ । ती आठ जिल्लामा प्रत्यक्षतर्फको मत गणना भैसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका ११, माओवादी केन्द्रका ८, नागरिक उन्मुक्ति पार्टीका ५, नेकपा एमालेका ३, नेकपा एसका दुई र स्वतन्त्र एक बिजयी भएका छन् ।

 मंसिर ४ गते  निर्वाचनका क्रममा बाजुराका केही क्षेत्रमा दलहरुबीच झडप भएपछि मतदान  स्थगित  भएको थियो । स्थगित भएका केही क्षेत्रमा  शनिबार पुनः मतदान भएको छ अझै केही क्षेत्रमा निर्वाचन हुन बाकी नै छ ।


ट्रेन्डिङ