धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हत्याको नौ दिनपछि अयडीको शव उठाइयो

हत्याको नौ दिनपछि अयडीको शव उठाइयो

धनगढी : बाजुरामा हत्या गरिएको  नौ दिनपछि  नेकपा एमालेका बिद्यार्थी नेता चेतनदीप अयडीको शव उठाइएको छ ।

अयडीको शव  दाहसंस्कार पुर्व श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको छ । खुलामञ्चबाट दिउसो आजै उनको दाहसंस्कार गरिनेछ ।  श्रद्धान्जी सभापछि बुढीगंगामा लगेर दाहसंकार गरिने एमाले बाजुराका सचिव भरत थापाले बताए ।

मंसिर ४ गते साँझ घरमै कुटपीट गरि अनेरोस्वबियुका केन्द्रिय सदस्य अयडीको हत्या गरिएको थियो । घरमा कुटपिटबाट घाइते भएका अयडीलाई बयलपाटा अस्पतालमा पुरयाइएपछि अस्पतालले मृत घोषणा गरेको थियो । सो घटनामा कांग्रेसका कार्यकर्ताको संलग्नता रहेको एमालेको आरोप छ ।

एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि जिल्लामा निरन्तर आन्दोलन गरिरहेको छ ।

मंसिर ४ गते निर्वाचनको दिन मतदानका क्रममा विवाद भएपछि राति घरमै उनीमाथि कुटपीट भएको थियो ।


ट्रेन्डिङ