धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एमाले उपस्थित नहुदा बाजुरामा मतगणना शुरु हुन सकेन

धनगढी । सर्वदलीय बैठकमा एमाले उपस्थित नहुँदा बाजुरामा मत गणना शुरु हुनसककेो छैन ।   निर्वाचन आयोगले बाजुरामा मतगणना शुरु गर्ने निर्णय बुधबार गरेका थियो ।

मतगणनमा शुरु गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाए पनि नेकपा एमाले सहभागी नभएपछि मतगणनको प्रकृया अघि बढ्न सकेको छैन ।

झडपका कारण रोकिएको मतगणना सुरु गर्न एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी भएका थिए ।

बुधबार साँझ बैठक बस्ननसकेपछि बिहीवार बिहान एमालेलाई उपस्थितिका लागि फेरि आह्वान गरिए पनि एमाले उपस्थित भएन ।

एमालेले विद्यार्थी नेता चेतन अयडीको हत्यामा संलग्नहरूलाई पक्राउ गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउ गरिएकालाई बिना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने अडान राख्दै आएको छ ।

 


ट्रेन्डिङ