धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुराको मतगणना सुरु हुँदै

बाजुराको मतगणना सुरु हुँदै

धनगढी । बाजुराको मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार साढे ३ बजेदेखि जिल्लाको मतगणना सुरु हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजेबाट मतगणना गर्ने सहमति गरेको हो । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार कुन स्थानीय तहबाट मतगणना सुरु गर्ने भन्नेमा भने सहमति गरिएको छैन ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार निणर्य गरेको थियो । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन् । आयोगको मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो ।

तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको हो। बुधवार बेलुका, बिहिवार बिहान ७ बजे र बिहान ११ बजे बैठक बसेको हो ।


ट्रेन्डिङ