धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिममा समानुपातिकमा २१ मध्य १७ महिला

सुदुरपश्चिममा समानुपातिकमा २१ मध्य १७ महिला

धनगढी ।  सुदुरपश्चिम प्रदेश  सभामा समानुपातिक तर्फका २१ सदस्य मध्य राजनैतिक दलहरुले १७ महिलालाई छनौट गरेका छन् ।  प्रदेशमा  थ्रेसहोल्ड कटाएका छ राजनैतिक दलहरुले प्रदेश सभामा ३३ प्रतिशत महिला पुरयाउन समानुपातिकमा महिला छानेका हुन् ।

समानुपातिक सीट प्राप्त गरेका मध्य नेपाली कांग्रेस,  नेकपा मओवादी र नेकपा एकीकृत समाजवादीले सबै सटि महिला छनौट गरेका हुन् । कांग्रेसले समानुपाितकमा ७ सीट, माओवादीले ३ सीट र  नेकपा एसले एक सीट पाएको छ ।

समानुपातिकमा सात सीट पाएको नेकपा एमालेले २ पुरुष र ५ महिलालाई प्रदेश सभा सदस्यमा सिफारिश गर्ने निर्णय गरेको छ । समानुपातिकमा २ सीट पाएको नागरिक उन्मुक्ति पार्टीले एक महिला र एक पुरुषलाई सिफारिश गरेको छ  । एक सीट पाएको  राप्रपाले  निर्णय गरिसकेको छैन ।  

सुदुरपश्चिम प्रदेश सभामा कुनै पनि दलबाट एक जना पनि महिला पनि निर्वाचित नभएपछि  २२ प्रतिशत महिला पुरयाउन दलहरुले समानुपातिकमा महिला छनौट गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश सभाका ५२ सदस्य मध्य प्रत्यत्य निर्वाचनबाट ३२ सदस्य र समानुपाितक निर्वाचनबाट २१ सदस्य  निर्वाचित हुने व्यवस्था छ । संविधानले  प्रदेश सभाका जम्मा सदस्य मध्य ३३ प्रतिशत महिला हुनु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । यस व्यवस्था अनुसार सुदुरपश्चिम प्रदेश सभामा कम्तिमा १७ महिला हुनु पर्ने हुन्छ ।

सुदुपश्चिम प्रदेशमा प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट कुनै पनि दलबाट निर्वाचित भएर एक  महिला पनि आउन नसकेपछि सबै दलहरुले समानुपातिक सुचीबाट महलिाको ३३ प्रतिशत सहभागिता  गराउन समानुपातिकबाट छनौट गरेका हुन् ।

निर्वाचन कानुनमा  सुदुरपश्चिम प्रदेशमा खस आर्य ६० प्रतिशत, आदिवासी जनजाति तीन दशमलब ६ प्रतिशत, थारु १७ प्रतिशत, दलित १७ प्रतिशत, मधेशी १ दशमलब ६४ प्रतिशत, अल्पसंख्यक २ दशमलब ३७ प्रतिशत, पछिडिएको क्षेत्र १२ दशमलब ७८ प्रतिशत हुनु पर्ने व्यवस्था छ ।  यी सबै क्षेत्रको सहभागिता गराउँदा महिला सहभागिता ३३ प्रतिशत हुनु पर्ने कानुनी व्यवस्था छ ।

सुदुरपश्चिम प्रदेश सभाको मंसिर ४ मा भएको निर्वाचनमा हालसम्म नेपाली कांग्रेसबाट १२ जना, नेकपा माओवादी केन्द्रबाट ८  जना,  नागरिक उन्मुक्ति पार्टीबाट ५ जना, नेकपा एमालेबाट ३ जना, नेकपा एकीकृत समाजवादीबाट ३ जना  र स्वतन्त्र एक जना निर्वाचित भएका छन् ।

सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो । प्रदेश सभा सदस्यमा छनौट हुनेमा दलितबाट ललिता सुनार, खस आर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुलसी देवकोटा र थारुबाट गिता कुमारी चौधरी रहेका छन् ।

एमालेबाट समानुपातिकमा छनौट हुनेमा पाँच महिला र दुई पुरुष रहेका छन् ।खस आर्यबाट एमालेका सुदुरपश्चिम प्रदेश सभा सचिव धर्मराज पाठक, कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र हिरा सार्की रहेका छन् ।  प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ ।

मओवादी केन्द्रले पाएको समानुपातिकको तीन सीट मध्य गीता माल र लक्ष्मी कुवरलाई छनौट  गरेको छ ।  बाकी एक पदमा पनि महिलालाई नै छनौट गर्नुपर्ने अवस्था छ ।

नागरिक उन्मुक्ति पार्टीले प्राप्त गरेको समानुपातिकको २ सदस्य मध्यजगदिश पण्डित र सुनिता चौधरीलाई पठाउने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीले पाएको एक सिटमा  माया पन्तलाई पठाउने निर्णय गरेको छ ।

राप्रपाले सुदुरपश्चिममा समानुपातिकमाभ एक सीट पाएकोमा  कसलाई पठाउने भन्ने र्णिय गरिसकेको छैन ।  राप्रपाले प्रत्यक्षमा नजितेको र  समानुपातिकममा एक सीट मात्र पाएकोले जसलाई पठाए पनि हुन्छ ।

२०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा बझाङ  जिल्लाबाट  नेकपा माओवादी केन्द्रकी देवकी सिंह मात्र प्रत्यक्ष निर्वाचित भएकी थिइन् । यसपटक प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कैलाली २ प्रदेश सभा क बाट नेकपा एमालेकी  कमला ओली मात्र उम्मेदवार  थिइन् । तर उनी पराजित भएपछि प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य महिलाको संख्या शुन्य छ ।

 

 


ट्रेन्डिङ