धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

राजमोले राजमार्ग निर्माणमा भारतीय पक्षबाट भएको अवरोधको अनुगमन गर्ने

धनगढी

 भारतीय एसएसबीले हुलाकी सडक निर्माणमा अवरोध गरेको कन्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा राष्टिय जनमोर्चाले अनुगमन गर्ने भएको राष्टिय जनमोर्चाको सुदुरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टको नेतृत्वमा बिहीवार सो क्षेत्रको  अनुगमन गर्ने भएको हो

  हुलाकी राजमार्ग निर्माणमा  भारतीय पक्षबाट भएको अवरोधबारे बुझ्न स्थलगत अनुगमनमा जान लागिएको प्रदेश इन्चार्ज भट्टले बताए प्रदेश अध्यक्ष नन्दराज भट्टको समेत सहभागिताा रहने टोलीले स्थानीय  वासिन्दा स्थानीय सरकारी निकायहरुसँग छलफल गर्नेछ

स्थलगत अनुगमनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमाको बारेमा ज्ञापनपज्ञ बुझाइने प्रदेश इन्चार्ज भट्टले बताए       

बेलौरी नगरपालिकाको पर्चुइमा भैरहेको हुलाकी राजमार्ग  निर्माणको काम एसएसबीको टोली आएर रोकेको थियो हुलाकी राजमार्ग निर्माण भैरहेको क्षेत्र भारतको भएको दावी भारतीय पक्षले गरेको थियो