धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेकपा एसको सुदूरपश्चिम प्रदेश सभा संसदिय दलको नेतामा सोडारी

नेकपा एसको सुदूरपश्चिम प्रदेश सभा  संसदिय दलको नेतामा सोडारी

धनगढी  । नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । सोडारी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।

शुक्रवार भएको दलको बैठकमा सोडारी सर्वसम्मत रुपमा संसदिय दलको नेतामा चयन भएका हुन् । संसदिय दलको उप नेतामा प्रकाश रावल र प्रमुख सचेतकमा नरेश शाही चयन भएका छन् । रावल आर्थिक मामिला मन्त्री छन् ।

 सोडारीले प्रदेश सभा सदस्य माया पन्तलाई सचेतकमा चयन गरेका छन् । प्रदेश सभामा नेकापा एकीकृत समाजवादीका चार जना सदस्य रहेका छन् ।


ट्रेन्डिङ