धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री शाहलाई बिश्वासको मत दिन प्रचण्डको माओवादीका सांसदलाई निर्देशन

सुदुरपश्चिमका मुख्यमन्त्री शाहलाई बिश्वासको मत दिन प्रचण्डको माओवादीका सांसदलाई निर्देशन

धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष एवम प्रधानमन्त्री एवंपुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएको जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार  केन्द्रमा बनेको नयाँ गठबन्धन अनुसार काम गर्न पनि प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

तिमिल्सेनाले भने ‘केन्द्रमा एउटा समिकरण बन्ने तर प्रदेशमा त्यो अनुसार काम नहुने भन्ने हुँदैन । प्रधानमन्त्रीज्यूले सत्ता साझेदारी लगायतका विषयमा पछि कुरा गर्दै गरौंला अहिले विश्वासको मत दिनुस् भन्नु भएको हो,’

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज (फागुन २१ गते) दिउसो १ बजे  सुदुरपश्चिम प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

माओवादीले मत दिएमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउँछन् । अहिले  सरकारमा सहभागी कांग्रेसका १९ र नेकपा एसका ४ सांसद छन् । माओवादीका ११ सांसदको मत थपिएपछि शाहले ३४ मत पाउछन् ।  ५३ सदस्यीय प्रदेश सभामा  बिश्वासको मतका लागि २७ मत पाउनु पर्छ ।


ट्रेन्डिङ