धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नागरिक उन्मुक्तिको नेपाल बन्द फिर्ता

धनगढी  ।  नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम  फिर्ता लिएको छ ।  जेठ ६ देखि १० गतेसम्मको नेपाल बन्द कार्यक्रम  फिर्ता लिइएको नागरिक उन्मुििक्त पार्टीका  प्रवक्ता दामोदर पण्डितले बिज्ञप्ति प्रकाशित गरेर जनाएका छन् ।

प्रधानमन्त्रीले लाल आयोग सार्वजनिक गर्ने प्रतिवद्धताव्यक्त गरेको र सरकारसँगको वार्ता सकारात्मक रहेकोले बन्द फिर्ता लगिएको बिज्ञप्तिमा उल्लेख छ ।

जिल्ला र उच्च अदालतले गरेको रेशम चौधरीलाई आजीवन कारावासको  सजाय सर्वोच्च अदालतले सदर गरेको बिरोधमा उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्  नेपाल बन्द आव्हान गरेको थियो ।


ट्रेन्डिङ