धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गोविन्द चौधरीलाई जसपा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

गोविन्द चौधरीलाई जसपा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

धनगढी । जनता समाजवादी पार्टी -जसपा_ले गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएको छ ।

प्रदेश र विभागको जिम्मेवारी तोक्न बसेको जसपाको केन्द्रिय कार्यकारीणी समितिको बैठकले चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश र प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

आइतबारको बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ ।


ट्रेन्डिङ