धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

समर्थन मूल्मा धान खरिद गर्दै उदयदेव सहकारी

समर्थन मूल्मा  धान खरिद गर्दै उदयदेव सहकारी

 

धनगढी ।  उदयदेव बहुउदेश्यीय सहकारीले किसानहरुबाट बजारको समर्थन मूल्मा धान खरिद शुरु गरेको छ । किसानहरुले बजार र मुल्य नपाउने समस्या देखिन  थालेपछि सहकारीले धान खरिद गर्न शुरु गरेको हो ।

 किसानहरुले उत्पादन गरेको धानको उचित मुल्य  नपाइरहेकोले  सदस्यहरुबाट धान खरिद गर्न शुरु गरिएको उदयदेव सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताए । “सहकारीको  सहयोगमा  सदस्य किसानहरुले उत्पादन गरेको धानको मुल्य  नपाउने समस्या बिगतदेखिकै छ ।”  प्रमुख कार्यकारी अधिकृत चन्दले   “त्यसैले सहकारीले  सहज मुल्यमा उपलव्ध गराएका कृषि सामाग्रीहरुको उपयोग गरेर उत्पादन भएको धानको उचित मुल्य पनि  पाउन भनेर आफै धन खरिद गरिरहेको छ । ”

  प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले भने किसानहरुले बजार नपाउने समस्यामा कमी आउने दावगी गरे ।

 सहकारीले सरकारले तोकेको प्रति क्वीन्टल ३ हजार १ शय ९८ रुपैयामा बिहान दश बजेदेखि दिउसो ३ बजेसम्म खरिद गरिरहेको छ । उदयदेवले किसानहरुलाई धान उत्पादनमा आवश्यक पर्ने मल, बीउ  र कृषि उपकरणहरु सहज मुल्यमा उपलव्ध गराउनुका साथै ऋण पनि सहज रुपमा उपलव्ध गराउँदै आएको छ ।

किसानहरु खरिद गरेको धानबाट उदयदेवले आफ्नै ब्राण्डमा चामल बजारमा ल्याउनेछ । उदयदेवले यसअघि धानको बीउको ब्राण्डिङ गरिसकेको छ ।

    “अब उदयदेवकै ब्राण्डमा चामल बजारमा ल्याउँदैछौं ।”सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले भने  “अहिले खरिद गरेको धानबाट प्रशोधान गरेर चामल बजारमा आउनेछ । ”

 कन्चनपुरको  महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेव सहकारीले चामलको ब्राण्डिङ गर्नकै लागि भीमदत्त नगरपालिकाको वार्ड नम्बर १९ बागफाटामा राइस मिल  संचालनमा ल्याएको छ  ।

“हामीले  सदस्य किसानहरु मध्य केहीलाई  बीउ उत्पादनमा जोडेका छौं ।” प्रमुख कार्यकारी अधिकृत चन्दले भने  “बीउ उत्पादनमा नजोडिएका सदस्य किसानहरुलाई बजार कहाँ पाउने भन्ने समस्या थियो । त्यसलाई सम्वोधन गर्न आफनै चामल ब्राण्डिङ गर्न लागेका छौं । ”

कृषि उत्पादन बढाउन  उदयदेव सहकारीले किसानहरुलाई सुपथ मुल्यमा कृषि औजार, मल र बीउ उपलव्ध गराउँदै आएको छ । किसानहरुलाई धान खेती गर्न लगाएर उदयदेव सहकारीले धानको बीउ उत्पादन गरेर किसानहरुलाई सहज मुल्यमा उपलव्ध गराउँदै आएको छ ।

उदयदेव सहकारीले सदस्य किसानहरुलाई  जेटीए मार्फत निःशुल्क प्राविधिक सल्लाह उपलव्ध  गराउँदै आएको छ  । सदस्यहरुलाई उपलव्ध गराउदै आएको कृषि प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन सदस्यका तीन छोराछोरीलाई जेटीए अध्ययनका लागि  ५० प्रतिशत छात्रबृत्ति उपलव्ध गराउन थालेको छ ।

उदयदेव सहकारीले सदस्यहरुmलाई बीउ धान उत्पादनमा सहयोग गरेर आफ्नै ब्राण्डमा धानको बीउ उत्पादन गर्दै आएको छ । धानको बीउ सदस्यहरुलाई  सहज मुल्यमा उपलव्ध गराउँदै पनि आएको छ ।

 


ट्रेन्डिङ