धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मुख्यमन्त्री शाह र इजरायली राजदुतबीच भेट

मुख्यमन्त्री शाह र इजरायली राजदुतबीच भेट

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरबीच काठमाण्डौमा भेटवार्ता भएको छ ।

भेटका क्रममा राजदुत गोल्डबर्गरले इजराजयल गएका नेपाली बिद्यार्थीको मृत्युप्रति दुख व्यक्त गरे ।

मुख्यमन्त्री शाहले अहिलेसम्म बेपत्ता रहेको कन्चनपुरकार बिपीन जोशीको खोजबीन गरि उद्धार गर्न र  मृतकका परिवारलाई क्षतिपुर्तिको व्यवस्थापन गर्न आग्रह गरे । मुख्यमन्त्री शाहले आगामी फागुनमा भैरहेको सुदुरपश्चिम प्रदेश लगानी  तथा बिकास सम्मेलनमा इजरायली सरकारको सहभागिताको लागि आग्रह गरे ।  


ट्रेन्डिङ