धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

विप्लव माओवादीका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन पक्राउ

विप्लव माओवादीका सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन  पक्राउ

धनगढी

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र उनकी श्रीमती  पुर्णिमा धामी बुुधबार पक्राउ परेका छन् । धामी अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) ब्युरो इन्चार्ज हु्न् ।

  पुनः र धामीलाई प्रहरीले धनगढी उपमहानगरपालिकाको बेलीबाट बिहान करिब ७ बजे पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा खटिएको बिशेष प्रहरी टोलीले खोज तलास गर्दै जाँदा धनगढी उपमहानगपालिका वडा नम्बर ७ को बेली स्थित सडक खण्डमा प्रदेश १–०३–००५ प ९५९७ नम्बरको मोटरसाइकलमा सवार रहेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टद्धारा बिज्ञप्ति मार्फत जनाएका छन् ।   

 प्रहरीका अनुसार उनीहरुबाट कटुवा पेस्तोल थान १ र सोही पेस्तोलको १ राउण्ड गोली समेत बरामद भएको छ ।

 बिप्लव माओबादीका एक बिद्यार्थी नेताका अनुसार पुनलाई प्रहरीले केही दिनदेखि प्रहरीले  पिछा गरिरहेको थियो ।


ट्रेन्डिङ