धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेसन पुस २६ गते देखि टीकापुरमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेसन पुस २६ गते देखि टीकापुरमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

धनगढी । नागरिक उन्मुक्ति पार्टीले यही पुस २६ गते देखि पहिलो राष्ट्रिय अधिवेसन गर्ने भएको छ ।

पहिलो अधिवेसन उद्घाटन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने कार्यतालिका तय भएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बताए । पुस २६ गते उद्घाटन हुने अधिवेसन पुस २८ गते सम्म चल्ने छ । उद्घाटन शत्रमा प्रधानमन्त्री दहाल संगै नेकपा एसका अध्यक्ष माधव नेपाल, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके रायत,  लगायतका नेताको उपस्थिती हुने संरक्षक चौधरीले बताए । अधिवेसनमा भारतीय जनता पार्टीको तर्फबाट पनि प्रतिनिधि आउने आस्वासन आएको उनले बताए ।

अधिसेसनबाट ४६ पदाधिकारी सहित २ सय ४६ प्रतिनिधि चयन हुने छन् भने २ सय ५५ सदस्य मनोनयन गर्ने विधान रहेको संरक्षक चौधरीले बताए ।


ट्रेन्डिङ