धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सत्ता गठबन्धनबाट काँग्रेसका भट्ट र बोहरा, माओवादीकी चन्दले दर्ता गराए उम्मेदवारी

सत्ता गठबन्धनबाट काँग्रेसका भट्ट र बोहरा, माओवादीकी चन्दले दर्ता गराए उम्मेदवारी

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुई जना र माओवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

  कांग्रेसका कैलाली जिल्ला सभापति  नारायण दत्त भट्ट र २०६४ का संविधान सभा सदस्य बलदेब बोहराले  सोमबार अपरान्ह धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

भट्ट २०६२।६३ सालको जनआन्दोलनमा घाइते भएका थिए । बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति समेत हुन्  ।

गठबन्धनका तर्फबाट  नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन् । चन्द पूर्वसंविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्

उनको समर्थकमा उद्योग राज्यमन्त्री गीता माला र प्रस्तावकमा  प्रदेश सभा सदस्य जानकी देवी कुवर रहेका छन्। चन्द पूर्व  संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् ।

गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपांग र अन्यमा गरी २ सीट र नेकपा माओवादीलाई महिला कोटाको १ सिट दिने निर्णय गरेको थियो ।

 


ट्रेन्डिङ