धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जमा पोख्रेल

माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जमा पोख्रेल

धनगढी । नेकपा माओबादी केन्द्रले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी सो पार्टीका उप महासचिव गिरिराजमणि पोख्रेललाई दिएको छ ।

मंगलबार बसेको नेकपा माओबादी केन्द्रको स्थायी समिति बैठकले सुदूरपश्चिम लगायत ७ वटै प्रदे इन्चार्ज हेरफेर गरेको हो ।

जस अनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मा हरिबोल गजुरेललाई, मधेशको इन्चार्जमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल र कर्णालीमा कालीबहादुर मल्ललाई इन्चार्ज तोकिएको छ । यस्तै, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ ।

विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ । पार्टी सचिव गणेश साहका अनुसार कार्यविभाजन मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।


ट्रेन्डिङ