धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

नीति-कार्यक्रम अनुसारकै बजेट आए पारित हुन दिन्नौं : काँग्रेस

नीति-कार्यक्रम अनुसारकै बजेट आए पारित हुन दिन्नौं : काँग्रेस

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित हुन नदिने बताएको छ ।

कांग्रेस प्रदेश संसदीय दलले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याएमा प्रतिवाद गर्ने पारित गर्न नदिने बताएको हो ।

संसदीय दलका नेता कमलबहादुर शाहले  प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गलत ढंगले आएको बताउँद‌ै त्यसैलाई आधार बनाएर आउने बजेट स्वीकार्य नहुने बताए ।

‘यो सरकारले पुराना महत्त्वपूर्ण विषय कटाएर नीति तथा कार्यक्रम ल्याएको छ । यसमा समेटिएका धेरै कुरा बजेटमा आउनु हुँदैन, शाहले भने,’ ‘ती विषय समेटेर बजेट ल्याइयो भने बजेट पारित हुन दिदैनौं ।’

शाहले सरकारले बजेट ल्याएपछि अध्ययन गरेर मात्र विरोधका स्वरूप तय गरिने उल्लेख गरेका छन् ।

प्रदेश सरकारले निर्माण गरिरहेको बजेटमा बिचौलियाको बिगबिगी रहेको सुनेकाले सरकारले यस्ता गतिविधि रोक्नुपर्ने माग गरे ।

सरकारले संघीय अनुदान कम आएको र आर्थिक परिसुक घट्दो अवस्थामा रहेका बेला बढी बजेट ल्याइरहेको सुनेकाले आर्थिक भार थप्न खोजेको दाबी गरे ।

सरकारले भागबन्डा मिलाउनकै लागि मन्त्रालय टुक्रायाउने तयारी गरेकाले त्यो कदमको कांग्रेसले विरोध गर्ने जनाए ।


 


ट्रेन्डिङ