धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

योग हाम्रा लागि जीवन पद्धति हो : प्रधानमन्त्री

योग हाम्रा लागि जीवन पद्धति हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन। शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि र योगको धरोहर भएको बताए।

उनले नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए। नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिने बताए।

उनले नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो। त्यसैले योग नेपालकै अमूल्य निधि भएको बताए।

उनले भने, ‘नेपालको ऐतिहासिक अध्ययन तथा हाम्रा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि हो र यो योगको धरोहर पनि हो। नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ।

नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ। मठ, मन्दिर र मूर्तिकलामा होस् वा चित्रकलामा, पौवा, थान्का सबैतिर योगको नै प्रभाव देखिन्छ।

ढुंगेधारा, कुवा, इनार, राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको अहिले पनि देख्न सक्छौँ। नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो। त्यसैले योग नेपालकै अमूल्य निधि हो।’

प्रधानमन्त्री दाहालले प्राकृतिक हिसावले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासको उत्तम भूमि भएको बताए।


  


ट्रेन्डिङ