धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन्।

संसदबाटै विश्वासको मत नलिइकन राजीनामाको घोषणा गरेसँगै उनले राजीनामा पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका हुन्।

केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए।

एमालेले सर्मथन फिर्ता लिएको शुक्रबार ३० पूरा भएको छ। बुधबार पत्र पठाएर शुक्रबार चार बजेका लागि बैठक आह्वान गरेका थिए।

यद्यपि बैठकमा विश्वासको मत नलिइकन उनले राजीनामा घोषणा गरेका थिए।


ट्रेन्डिङ