धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

काठमाडौँ ।  सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ। 

त्यस्तै, नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय भएको उनले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले बैठकले सहसचिव वा सो सरहका ५९ जनालाई विभिन्न निकायमा सरुवा तथा कामकाजमा खटाएको छ।

२०८१ असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरुलाई स्वीकृति दिने निर्णय पनि भएको छ।