धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल

माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारको पालामा जनताको पक्षमा भए गरेका कामहरुबारे जानकारी दिन घरदैलोमा जाने बताए ।

उनले भने, ुमैले नेतृत्व गरेको सरकारले जनताको पक्षमा धेरै काम गरेको छ, यसबारे जनतालाई जानकारी दिन जरुरी छ । जनताले २०८४ सालको निर्वाचनमा माओवादी केन्द्रलाई बहुमतका साथ जिताएर पठाउँछन् ।ु

त्यसअघि अध्यक्ष दाहालले शंखधर चोक नयाँ थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका थिए ।


ट्रेन्डिङ