धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेका छौँ : लिङ्देन

धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेका छौँ : लिङ्देन

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश र धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन् ।

कञ्चनपुरको झलारीबजारमा शुक्रबार आयोजित कोणसभामा मन्तव्य राख्नुहुँदै उनले सनातन धर्म जोगाउन सबैको ऐक्यबद्धता, प्रतिबद्धताको आवश्यकता रहेको बताए।

“विसं २०४६ को राजनीतिक परिवर्तनपश्चात ३५ वर्षको समयमा प्रजातन्त्र, लोकतन्त्र जे भने पनि पार्टी तिनै छन्, नेता तिनै छन्”, अध्यक्ष लिङ्देनले भने, “पालैपालो र एक्लाएक्लै सत्तामा पुगेर ती पार्टीहरूले देशलाई बर्बादीको बाटोमा लगेका छन् ।”


ट्रेन्डिङ