धनगढी पोष्ट आइतबार, २२ भदौ २०८२   September 7, 2025

पहिरो जाँदा एक जना बेपत्ता

पहिरो जाँदा एक जना बेपत्ता

धनगढी

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् बेपत्ता हुनेमा सोही नगरपालिका वडा अम्कोटका २१ बर्षिय धर्मराज पाध्याय रहेका छन

उनी बुधबार दिउँसो बजे तिर पहिरोमा परी बेपत्ता भएका थिए जंगलमा बाख्रा चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी उनी बेपत्ता भएका हुन उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन

सोही पहिरोमा परेका दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको १७ बर्षिय ज्ञानराज पाध्याय १६ बर्षिय हरेन्द्र पाध्यायलाई उद्धार गरिएको हो उनीहरु दुबैजनाको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको घाइते मध्ये ज्ञानराज पाध्यायको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको