धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सांसद अरूणकुमार चौधरी विरूद्धको रिट खारेज

सांसद अरूणकुमार चौधरी विरूद्धको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीविरूद्धको रिट निवेदन खारेज गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले बुधबार सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ।

आदेशमा भनिएको छ, ुअदालतमा दिनसक्ने वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा अरूणकुमार चौधरीलाई प्रतिनिधि सभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ।ु 

कैलाली क्षेत्र नम्बर २ का सांसद चौधरीसँग निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्च अदालतमा आएको भन्दै रिट खारेज गरिएको हो।
 


ट्रेन्डिङ