धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

रास्वपा कार्यवाहक प्रवक्तामा रावल

रास्वपा कार्यवाहक प्रवक्तामा रावल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी २७ दिनका लागि प्रतिभा रावललाई तोकेको छ । 

हालका कार्यवाहक प्रवक्ता मनिस झा शैक्षिक तथा निजी काममा व्यस्त हुने भन्दै रावललाई कार्यवाहक तोकेको हो । रावल रास्वपा सहप्रवत्ता हुन् ।

रास्वपाले तत्कालीन महामन्त्री मुकुल ढकाललाई कारबाही गरेपछि कार्यवाहक प्रवक्ता जिम्मेवारी मनिस झालाई दिएको थियो । त्यसपछि २७ दिनको लागि रावललाई जिम्मेवारी दिएको हो । 

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई माग ३ गतेबाट लागू हुने गरी माग ३० गतेसम्म रावललाई जिम्मेवारी दिएको बताए ।

रास्वपाले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८१,१०,०३ गतेदेखि  मिति २०८१,१०,३० गते नेसं ११४५ पोहेलागा तृतीया देखि सिल्लाथ्व पुन्ही सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सह प्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौ ।’