धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको महासचिवमा पुनः छत्र बम

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको महासचिवमा पुनः छत्र बम

धनगढी ।  नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको महासचिवमा पुनः छत्र बम निर्वाचित भएका छन् ।

धनगढीमा भएको महासंघको तेश्रो महाधिवेशनमा बम  महासचिवमा निर्विरोध  चयन भएका हुन् । बम महासंघको दोश्रो महासधिवेशनमा पनि महासचिवमा निर्वाचित भएका थिए ।

महासंघको अध्यक्षमा अच्युत प्रसाद नेपाल निर्वाचित चएका छन् ।

निर्विरोध चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष प्रमोद कुमार बानिया, उपाध्यक्ष लक्ष्मी शर्मा र लोक बहादुर बोहरा, सचिव बद्री प्रसाद दाहाल र कोषाध्यक्ष राजेन्द्र थापा रहेका छन् ।

केन्द्रिय कार्यसमितिको सदस्यमा  नरायण बाबु श्रेष्ठ, राजन खत्री,  सुषमा रावल,  सचिश अधिकारी,  राकेश साह, विजय श्रीवास्तव, ललन तिवारी, सरोज कोइराला,  मान बहादुर साउद, सि पी शर्मा नेपाल, प्रमोद पाठक, सुजित शर्मा, राधिका साउद  र भीम कुमाल चयन भएका छन् । त्यस्तै कैलाश रन्जित,  सुमन पौडेल र भीम भुजेल केन्द्रिय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले  जनाएको छ । 

 

 


ट्रेन्डिङ