धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको केन्द्रिय सदस्यमा सुजित शर्मा पुनः निर्वाचित

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको केन्द्रिय सदस्यमा सुजित शर्मा पुनः निर्वाचित

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको केन्द्रिय सदस्यमा सुजित शर्मा निर्वाचित भएका छन् ।धनगढीमा भएको महासंघको तेश्रो महाधिवेशनमा शर्मा केन्द्रिय सदस्यमा  निर्विरोध  चयन भएका हुन् ।

सुदुरपश्चिमाञ्चल पोलिकटेक्निकल इन्स्टिच्युट प्रा.लि धनगढीका प्रवन्ध निर्देशक शर्मा महासंघको दोश्रो महासधिवेशनमा पनि केन्द्रिय सदस्यमा  निर्वाचित भएका थिए ।

महधिवेशनले महासंघको अध्यक्षमा अच्युत प्रसाद नेपाललाई  निर्वाचित गरेको छ । निर्विरोध चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष प्रमोद कुमार बानिया, उपाध्यक्ष लक्ष्मी शर्मा र लोक बहादुर बोहरा, महासचिव छत्र बम, सचिव बद्री प्रसाद दाहाल र कोषाध्यक्ष राजेन्द्र थापा रहेका छन् ।

केन्द्रिय कार्यसमितिको सदस्यमा  नरायण बाबु श्रेष्ठ, राजन खत्री,  सुषमा रावल,  सचिश अधिकारी,  राकेश साह, विजय श्रीवास्तव, ललन तिवारी, सरोज कोइराला,  मान बहादुर साउद, सि पी शर्मा नेपाल, प्रमोद पाठक, राधिका साउद  र भीम कुमाल चयन भएका छन् । त्यस्तै कैलाश रन्जित,  सुमन पौडेल र भीम भुजेल केन्द्रिय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले  जनाएको छ । 


ट्रेन्डिङ