धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा ५१ हजार नगद सहित ११ जुवाडे पक्राउ

धनगढी

बाजुरा जिल्लाको गौमुल गाउँपालिकाबाट ११ जना जुवाडे प्रकाउ परेका छन । जुवा खेलिरहेको अबस्थामा प्रहरीले बिषेश सुराकीका अधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

गस्तीमा गएको टोलीले जुवा खेलिरहेको सूचना पाएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए ।

जुवाडे पक्राउ संगै करीव ५१ हजार रुपैया समेत बरामद गरेको प्रहरी निरीक्षक रोकायाले बताएका छन । गौमुलमा पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याउन लागिएको प्रहरी निरीक्षक रोकायाले बताएका छन ।

करिव दुइ हप्ता अघि मात्र सदरमुकाम मार्तडी र नजिकै रहेको बाउली बजारबाट गरी १३ जना भन्दा बढि जुवाडे पक्राउ परेका थिए ।  


ट्रेन्डिङ