लगानी बोर्डको सीईओमा डडेलधुराका भट्ट नियुक्त

लगानी बोर्डको सीईओमा डडेलधुराका भट्ट नियुक्त

धनगढी
 लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा डडेलधुरका सुशील भट्ट नियुक्त भएका छन् । 
 सोमबार बसेको मन्त्री परिषदको बैठकले भट्टलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री डाक्टर युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले भट्टलाई सिफारिष गरेका हुन् । 
 राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । सुदुरपश्चिमको डडेल्धुरा घर भएका भट्टसंग बैंकिङ क्षेत्रको अनुभवसमेत छ । भट्टमा योजना आयोगमै योजना निर्माणको अनुभव पनि छ । सिइओ छनौटका लागि गठन भएको समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सरकारले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनिसंगै सदस्यहरुमा रामकृष्ण खतिवडा र डाक्टर सरोज कोइरालाको नाम मन्त्रिपरिषदमा पठाएको थियो ।
 योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालको लागि सीईओ नियुक्त भएका हुन् । लगानी बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्टलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको हो ।