धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ : प्रचण्ड

सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ : प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् । 

प्रेस सेन्टर नेपाल, डडेल्धुराले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याउँदै यहाँबाट भइरहेको बसाइसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए ।

“डडेल्धुरा सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने विकासको नमूना बन्न सक्छ,’ उनले भने । 

अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

‘पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन गर्‍यौँ, अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछौँ”, उनले भने । 

पहिलो चरणको जागरण अभियान झापाबाट सुरु गरी दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने अध्यक्ष दाहालले जानकारी दिए ।  


ट्रेन्डिङ