धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025
आज बजेट प्रस्तुत हुँदै

सुदूरपश्चिमको बजेट घटेर आउँदै

सुदूरपश्चिमको बजेट घटेर आउँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ को बजेट घटेर आउने भएको छ । संघीय सरकारबाट आउने बजेट घटेर आउने भएपछि सुदुरपश्चिम प्रदेश सरकारले चाल आर्थिक बर्ष २०८१।२०८२ को भन्दा कम बजेट ल्याउने भएको हो ।

संविधानले व्यवस्था गरे अनुसार प्रदेश सरकारले असार १ गते सभामा वार्षिक बजेट प्रस्तुत गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रका शबहादुर बमले आगामी आर्थिक वर्षको बजेटको बजेटको सबै काम पूरा भएको बताए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट घटेर आउने उनले बताए । ‘बजेट घटेर आउँछ होला’ राज्यमन्त्री बमले भने, ‘यदि भन्न सकिन, अहिले घटेर त्यही ३० को आसपास हुन्छ कि ? 

केन्द्रबाटै आफुहरुलाई बजेट घटेर आएकाले त्यही भएर आगामी आर्थिक वर्षमा बजेट घटेरै आउने सम्भावना रहेको उनले बताए ।

प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि साँझ ५ बजे प्रदेश सभाको बैठक बोलाइएको भएपनि विशेष कारणले साँझ ७ बजे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।