धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

सांसद थापाले च्याते बजेट पुस्तिका

सांसद थापाले च्याते बजेट पुस्तिका

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्षको बजेट पुस्तिका प्रतिनिधिसभा बैठकमा च्यातेका छन्। 

सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताब च्यातेका हुन्।  

जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताब च्यातेको उनले बताए।  

उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत लगाए।