धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

निजी बिद्यालय संचालनको दोश्रो चरणको आन्दोलन आजबाट

विद्यालय शिक्षा विधेयकको विरोधमा रहेका निजी विद्यालय सञ्चालकले आइतबार (आज) देखि दोस्रो चरणको आन्दोलन  शुरु गरेका छन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै आन्दोलित बनेका निजी विद्यालय सञ्चालक सशक्त आन्दोलनमा जाने गरी दोस्रो चरणका कार्यक्रम शुरु गर्न लागेका हुन् । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था संयुक्त रुपमा आन्दोलनमा होमिएका छन् ।

यी संस्थाले आइतवार ( आज ) आन्तरिक तयारी, जुम मिटिङ लगायतका कार्यक्रम गर्ने, भोलि प्रतिनिधिसभा तथा प्रदेशसभा अगाडि धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

पहिलो चरणमा गरिएको आन्दोलनबाट सरकारले  मागको सुनुवाई नगरेका काण दोश्रो चरणको आन्दोलनमा जान बाध्य भएको प्याब्सनका केन्द्रिय उपाध्यक्ष ललित राज पन्तले बताए ।  

यसअघि यी संस्थाले पहिलो चरणको विरोध कार्यक्रम गरिसकेका छन्। निजी विद्यालयलाई गैरनाफामुलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्र् िलगायतका व्यवस्थाको विरोधमा निजी विद्यालय आन्दोलित बनेका हुन् ।