धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

प्रहरीद्धारा ४१ हजार मुल्का भन्सार छलीका सामान बरामद

प्रहरीद्धारा ४१ हजार मुल्का भन्सार छलीका सामान बरामद

प्रहरीले कैलालीको धनगढीबाट भन्सार छलीका ४१ हजार ५ सय बराबरका सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली गरि ल्याइएका अन्दाजी मुल्य ४१ हजार ५ सय बराबरको सुर्ती, ब्याग, साइकल लगायतका सामान धनगढी उपमहानगरपालिका–१४ “जि” गाउँ घागल टोलबाट प्रहरीले शुक्रवार बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैललीले जनाएको छ ।