धनगढी पोष्ट
शनिबार, २१ भदौ २०८२ मा प्रकाशित
प्रहरीले कैलालीको धनगढीबाट भन्सार छलीका ४१ हजार ५ सय बराबरका सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरि ल्याइएका अन्दाजी मुल्य ४१ हजार ५ सय बराबरको सुर्ती, ब्याग, साइकल लगायतका सामान धनगढी उपमहानगरपालिका–१४ “जि” गाउँ घागल टोलबाट प्रहरीले शुक्रवार बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैललीले जनाएको छ ।