धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८२ मा प्रकाशित
जेनजीको आन्दोलन बढ्दै गएपछि कन्चनपुरको सदरमुकाम महेन्द्रनगर, पुर्व पश्चिम रामजमार्ग र जिल्लाका मुख्य बजारहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कन्भनपुरले सदरमुकाम महेन्द्रनगर र बजार क्षेत्रको ३ किलोमिटर परिसरको क्षेत्रमा, पुर्व पश्चिम राजमार्गको दायाँ बायाँ ३ किलोमिटर, बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्रभित्रका बजार क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा पाच जना भन्दा बढीको समुह बनाइ आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुश, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ ।