धनगढी पोष्ट मङ्गलबार, २४ भदौ २०८२   September 9, 2025

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । जेएनजी आन्दोलन तिव्र बनिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

सरकारले तोकेको निषेधाज्ञा जारी रहेकै बेला जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन  तिव्र बनेका बेला प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

 जेनजी पुस्ताले सोमबारदेखि आन्दोलन गर्दै आएको छ । पहिलो दिनको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको थियो ।