धनगढी पोष्ट मङ्गलबार, २४ भदौ २०८२   September 9, 2025

राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो । जेनजीको आन्दोलन चर्कंदै गएको छ । सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो ।