धनगढी पोष्ट
मङ्गलबार, २४ भदौ २०८२ मा प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटन गर्नुपर्ने माग अघि सारेका छन् । जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिएसँगै बालेनले मंगलबार आन्दोलनकारीलाई संयमित हुन आग्रह पनि गरेका छन् । ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीको आन्दोलन हो’, बालेनले भनेका छन्,‘प्रिय जेनजी तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’ उनले देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति भएको भन्दै तपाईँ–हामी अब संयमित हुनु जरुरी रहेको बताएका छन् । ‘अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला, साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् –वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’