धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जेनजीमा सरकारको नेतृत्वमा सुशीला कार्कीको नाम सहमति नजीक

जेनजीमा सरकारको नेतृत्वमा सुशीला कार्कीको नाम सहमति नजीक

जेनजी आन्दोलनकारी आगामी नेतृत्वका लागि पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिने विषयमा लगभग सहमति बनेको छ । जेनजीले उनलाई सेनासँग वार्ताका लागि प्रमुख विकल्पका रूपमा अघि सार्न खोजेका छन् ।

तर सुशीला बाहेक अन्य केही नामहरू पनि चर्चामा छन् । ती मध्ये धरानका हर्क साम्पाङ, सागर ढकाल, कुलमान घिसिङ, सुमना श्रेष्ठ, काठमाडौंका मेयर बालेन साह र ‘रयाण्डम नेपाली’ नामक पात्रले पनि बैठकमा ठाउँ पाएका छन् ।

आज (बुधबार) बिहानदेखि जारी डिस्कोर्ड छलफलले नेतृत्वबारे अन्तिम टुंगो भने लगाउन सकेको छैन ।


ट्रेन्डिङ