धनगढी पोष्ट
मङ्गलबार, १८ कार्तिक २०८२ मा प्रकाशित
सरकारले भदौ जेनजी पुस्ताद्धारा गत भदौमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । शहिद घोषणा गरिएका मध्य सात जना सुदुरपश्चिमका जेनजीहरु रहेका छन् ।
मन्त्रिपरिषदको कार्तिक १७ गतेको बैठकले जेनजीको बिरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरुलाई शहिद घोषणाको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।
जेनजी आन्दोलनका क्रममा काठमाडौं लगायत देशका विभिन्न भागमा मारिएका ४५ जनालाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको उनले बताए ।
सुदुरपश्चिमका शहिदहरुमा धनगढी ५ तारानगरका गौरव जोशी, खप्तडछान्ना ७ बझाङ सुभाष कुमार बोहरा, स्वामिकार्तिक खापर २ बाजुरा ओझन बुढा र दुर्गाथली १ बझाङका भीमराज धामी रहेका छन् ।
त्यस्तै दशरथचन्द नपा ६ बैतडीका निरज पन्त, शिवनाथ २ बैतडीका दिपक सिंह साउद र लेकाम ३ दार्चुलाका उत्तम थापा पनि शहिद घोषणा भएका छन् ।
शहिद घोषणा भएका सातै जनाले काठमाण्डौमा भएका जेनजीको प्रदर्शनको क्रममा ज्यान गुमाएका थिए ।

