धनगढी । नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश कार्यसमितिको अध्यक्षमा पुनः भुपेन्द्र थापा निर्वाचित भएका छन् । शनिबार धनगढीमा भएको एशोसिएनको छैठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले थापाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।
निर्विरोध चयन भएको कार्यसमितिको उपाध्यक्ष राम कुवर, सचिव हर्क बहादुर चन्द, कोषाध्यक्ष बिमालादेवी सिंह, सहसचिव डम्बर चन्द र गणेश बहादुर बिष्ट रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भागरथी कार्की, डम्मरा दियाकोटी, ओम पौडेल, धर्मेन्द्र गुप्ता र ईन्द्र देवकोटा रहेका छन् ।
सो अवसरमा सुदुरपश्चिम प्रदेश सभा सामाजिक बिकास समितिका सभापति धर्मराज पाठकले कृषिलाई रोजगारी र आयआर्जनसग जोड्न आवश्यक रहेको बताए । ‘नेपालमा अधिकांश वासिन्दा कृषिमा आश्रित रहेको चर्चा सधै चल्छ ।’ सामाजिक बिकास समितिका सभापति पाठकले भने ‘अब कृषिले अर्थतन्त्रमा योगदान कति दिन सक्यो, सक्नु पर्ने जति सक्यो कि सकेन भनेर छलफल गरिनु पर्छ ।’
प्रदेश सभा सदस्य पाठकले कृषि र पशु क्षेत्रमा आएको बजेटको सदुपयोगमा सरकारसँगै निजी क्षेत्र पनि सहज रहनु पर्ने सभापति पाठकले जोड दिए । ‘प्रदेशको बजेटको खर्च गर्ने क्षमता निकै कम छ, यस आर्थिक बर्षमा पनि अहिलेसम्म निकै कम छ ।’ सभापति पाठकले भने ‘बजेटको कार्यान्जयनको लािग सरकारसँगै निजी क्षेत्रले पनि पहल गर्नु आवश्यक छ ।’
प्रदेशमा योजना माग गर्नु अघि योजनाको स्म्भाव्यता अध्ययन गरेर कार्यान्वयनको लागि सहजतजा तयार पार्नु पर्ने पाठकले बताए ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले कृषि र पशु क्षेत्रको बिकासमा आप्mनो सक्दो पहल हुने बताए ।
नेपाल डेरी एशोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालले प्रदेशमा दुधको पाउडर बनाउने उद्योगको स्थापना आवश्यक रहेको बताए ।
एशोसिएसनका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल डेरी एशोसिएसनका केन्द्रिय सदस्य प्रेम प्रकाश पाठक, एशोसिएसनका कैलाली जिल्ला अध्यक्ष डम्बर शाह, सुदुरपश्चिम दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक श्याम खड्काले मन्तव्य व्यक्त गरो थिए । कार्यक्रम संचालन सचिव हर्क बहादुर चन्दले गरेका थिए ।
दुग्ध व्यवसायी सम्मानित
सो अवसरमा दुग्ध बिकासको क्षेत्रमा योगदान पुरयाएकोमा नेपाल सरकारका पुर्व सहसचिव डा. बसन्त पन्त, प्रतिज्ञा डेरीका सञ्चालक डम्बर चन्द, हाम्रो डेरीका सञ्चालक हिब्कत कुवर, सर्वोदय डेरी एण्ड स्न्याक्सका सञ्चालक ईन्द्र देवकोटा, मन्जु डेरी तथा गाइभैसी पालन केन्द्रका सञ्चालक भागरथी कार्की र दुग्ध संकलक मान बहादुर थापालाई सम्मानित गरिएको थियो । प्रदेश सभा सामाजिक बिकास समितिका सभापति धर्मराज पाठकले उनीहरुलाई सम्मानित गरेका हुन् ।