धनगढी पोष्ट बिहिबार, ०८ माघ २०८२   January 22, 2026
कृषि बिकास बैंकको ५० वार्षिकोत्सव

बैंकिङ्ग  क्षेत्रमा  कृषि बैंकको महत्वपुर्ण योगदान छ :  निर्देशक केसी

बैंकिङ्ग  क्षेत्रमा  कृषि बैंकको महत्वपुर्ण योगदान छ   :  निर्देशक केसी

धनगढी । कृषि बिकास बैंक लिमिटेडको ५९ औं बार्षिकोत्सव  कार्यक्रम बुधबार धनगढीमा सम्पन्न भएको छ । कृषि बिकास बैंकको क्षेत्रीय कार्यालयले धनगढीले आयोजना गरेको बार्षिकोत्सव कार्यक्रममा सहभागीहरुले कृषि बैंकले अझै गुणस्तरिय सेवा प्रवाहमा केन्द्रित गर्नु  पर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक  केशव  बहादुर केसीले कृषि बैंकको नेपालको बैंकिङ्ग इतिहासमा  महत्वपुर्ण इतिहास रहेको बताउँदै बैंकिङ्ग क्षेत्रमा आधुनिकीकरणको आवश्यकतालाई अझै आत्मसात गरेर अघि बढ्नु पर्ने बताए ।

बैंकिङ्ग क्षेत्र बिज्ञताको क्षेत्र भएको उल्लेख गर्दै निर्देशक केसीले  कृषिको बिकास गर्न  स्थापना भएको  र अहिले  आधुनिकीकरण पनि अंगाल्नु पर्ने  काम निकै  चुनौतीपुर्ण रहेको  बताए ।

निर्देशक केसीले बैंकले ग्राहकहरुसँग राम्रो व्यवहार गरेर बैंकिङ्ग ज्ञान पनि  दिनु  पर्ने उल्लेख गर्दै  ग्राहकसँग राम्रो व्यवहार भएमा गुनासो पनि कम आउने बताए ।

कृषि बिकास बैंकले अब आफुलाई सुधार गर्दै बिज्ञ बैंकको रुपमा अघि बढाउनु आवश्यक रहेको बताए ।

कृषि बिकास बैंकका सुदुरपश्चि क्षेत्रीय कार्यालय धनगढीका निर्देशक हिमलाल श्रेष्ठले कृषि  बैंकले शहरी क्षेत्रमा  बचत संकलन गरेर ग्रामीण क्षेत्रमा लगानी गरिरहेको बताए । सुदुरपश्चिममा कृषि क्षेत्रमा २६ प्रतिशत लगानी रहेको  उल्लेख गर्दै निर्देशक केसीले कृिषमा ५० प्रतिशत लगानीको लक्ष्य आएको बताए ।

कृषि बिकास बैंकका पुर्व उप महानिर्देशक दशरथ  जोशीले कृषि बैंकमा सुशासनलाई पहिलेदेखि नै प्राथमिकता दिइएको उल्लेख गर्दै सुशासनलाई अझै  जोड दिन आवश्यक रहेको बताए ।

कृषि बिकास बैंक क्याम्पसरोड धनगढी शाखाका प्रवन्धक जगदिश पन्तले  कृषि बिकास बैंकले शहरी क्षेत्रमा व्यापारिक  र औद्योगिक प्रयोजनमा लगानी बढाउँदै गए पनि ग्रामीण क्षेत्रमा कृषिमा पनि उत्तिकै प्राथमिकता दिइरहेको बताए । अझै पनि ग्रामीण क्षेत्र र साना  आयका व्यक्तिहरुलाई  लगानी गरिरहेको प्रवन्धक पन्तले बताए ।

 राष्टिय वाणिज्य बैंकका  सुदुरपश्चिम क्षेत्रीय  निर्देशक राजेन्द्र आचार्यकृषि बिकास बैंकनेपाल बित्तीय संस्था कर्मचारी संघका अध्यक्ष  नारद बोगटी, कृषि बिकास बैंक कर्मचारी संगठनका  प्रदेश अध्यक्ष केशब राज ओझा, कृषि बिकास बैंक कर्मचारी संघका प्रदेश अध्यक्ष चक्र कुन्जेडा, कृषि बिकास बैंक कर्मचारी युनियका प्रदेश अध्यक्ष मदन अधिकारी, कृषि बिकास बैंक क्याम्पसरोड शाखाका  प्रवन्धक जगदिश पन्त, कृषि बिकास बैंक पुर्व कर्मचारी सघ कैलालीका अध्यक्ष जनक राज पाण्डेयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  क्षेत्रीय निर्देशक हेमलाल  श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य  वरिष्ठ शाखा प्रवन्धक सिद्धराज पाण्डेयले  व्यक्त गरेका थिए भने कार्यक्रम संचालन शाखा अधिकृत दिपक कुवरले गरेका थिए ।

सोही अवसरमा  बैंकका कर्मचारी राम बहादुर थारुलाई   २५बर्षे दिर्घ सेवा पदक र १० हजार नगद  प्रदान गरिएको थियो ।

सरकारी वकिलको कार्यालयलाई कम्प्युटर सहयोग

कृषि बिकास बैंकले जिल्ला सरकारी वकिलको कार्यालय कैलालीलाई २ थान कम्पुटर सेट प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कम्प्युटरप्रदान गरेको हो ।

बैंकको ५९ औं वार्षिकोत्सवको अवसरमा बुधवार धनगढीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक  केशव  बहादुर केसीले जिल्ला सरकार वकिलको कार्यालयका नायस सुब्बा गोविन्दराज पन्तलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा कृषि बिकास बैंक सुदुरपश्चि क्षेत्रीय कार्यालय धनगढीका निर्देशक हिमलाल श्रेष्ठले  जेनजीको आन्दोलनका क्रममा सरकारी वकिलको कार्यालयमा क्षति पुगेकोले सीएसआर अन्तर्गत सहयोग गरिएको बताए ।  सुदुरपश्मिका अरु जिल्लामा सीएसआर अन्तर्गत सहयोग गर्ने कार्यक्रम रहेको निर्देशक श्रेष्ठले बताए ।