धनगढी पोष्ट शुक्रबार, ०९ माघ २०८२   January 23, 2026
नेपाल डेरी एशोसिएशनको ९ औं महाधिवेशन  सम्पन्न

डेरी एशोसिएशनको केन्द्रिय उपाध्यक्षमा पुनः हमाल, सुदुरपश्चिमबाट तीन केन्द्रिय सदस्य निर्वाचित

डेरी एशोसिएशनको  केन्द्रिय उपाध्यक्षमा पुनः हमाल, सुदुरपश्चिमबाट तीन केन्द्रिय सदस्य निर्वाचित

धनगढी । नेपाल डेरी एशोसिएसनको केन्द्रिय उपाध्क्षमा कर्ण हमाल पुनः निर्वाचित भएका छन् । एशोसिएसनको हालै  ९ औं राष्टिय महाधिवेशनले हमाललाई पुन : उपाध्यक्षमा निर्विरोध चयन गरेको हो ।

काभ्रेमा भएको महाधिवेशनले  सुदुरपश्चिमका तीन जनालाई केन्द्रिय सदस्यमा निर्वाचित गरेको छ । महाधिवेशनले  श्रीराम डेरी धनगढीका सञ्चालक गणेश बहादुर बिष्ट, पी. डीं डेरी धनगढीका सञ्चालक प्रेम बहादुर धामी र दार्चुला डेरी दार्चुलाका सञ्चालक प्रकाश सामन्तलाई केन्द्रिय सदस्यमा  निर्वाचित गरेको हो । केन्द्रिय सदस्यमा तिनै जना  निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल डेरी एशोसिएशनको २७ औं वार्षिक साधारण सभा एवम स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिवेशन  काभ्रेपलान्चोकको पनौतीमा हालै सम्पन्न भएको छ । महाधिवेशनले प्रल्हाद दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।