धनगढी पोष्ट
बिहिबार, ०८ माघ २०८२ मा प्रकाशित
धनगढी । नेपाल डेरी एशोसिएसनले एशोसिएसनको सुदुरपश्चिम प्रदेश प्रदेश समितिलाई सम्मानित गरेको छ ।
काभ्रेपलान्चोको पनौतीमा भएको नेपाल डेरी एशोसिएशनको २७ औं वार्षिक साधारण सभा एवम स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिवेशनमा उत्कृष्ट काम गरेको भन्दै सुदुरपश्चिम समितिलाई सम्मानित गरेको हो ।
डेरी एशोसिएसनको सुदुरपश्चिम समितिका सहसचिव डम्बर चन्दले सम्मानपत्र ग्रहण गरेका हुन् ।
डेरी एशोसिएनका सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले आफुहरुको कामको केन्द्रले मल्यांकन गरेको भन्दै खुशी व्यक्त गरे । सुदुरपश्चिम समितिले सदस्यता बिस्तार, दुग्ध सचेतनाका कार्यक्रम सञ्चालन, सदस्यहरुको क्षमता बिकास र सरकारसँग समन्वयका काम आफुहरुले गरेको र त्यसैको केन्द्रले मुल्यांकन गरेको अध्यक्ष थापाले बताए ।