धनगढी
प्रेस स्वतन्त्रतामा अंकुश लगाउने केही प्रावधान सहित प्रदेश सभाले एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बनधमा ब्यवस्था गर्न बनेको विधेयक बुधबार पारित गरेको छ ।
प्रदेश सभामा प्रदेश सभाका सदस्यहरुले छलफलका क्रममा विधेयकका बिभिन्न प्रावधानहरुमाथि दिएका सुझावहरुमाथि छलफल समेत नगरीकनै प्रदेश सभाबाट विधेयक पारित भएको हो । प्रदेश सभा सदस्यहरुको बोल्ने क्रम सकिएसंगै सभामुख अर्जुन बहादुर थापाले विधेयक माथि उठेका प्रश्नहरुबारे सरकारका तर्फबाट सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई जवाफ दिन अनुमित दिए ।
मन्त्री सुवेदीले जवाफ दिए लगत्तै प्रदेश सभा सदस्यहरुका सुझावहरुलाई छलफलमा नलिएर सोझै विधेयक पारित गर्ने प्रक्रिया शुरु गरियो । विधेयकमाथि प्रतिपक्षी दल नेपाली कांग्रेसका डिल्लीराज पन्त र सत्तापक्ष नेकपामा दुर्गा कुमारी कामीले महत्वपूर्ण सुझाव दिएका थिए । उनीहरुले दुबै जनाले विधेयकमा भएके ब्यवस्था अनुसार आफै अभियोग लाउने, आफै अनुसनधान गर्ने र आफै सजाय तोक्ने निकायका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्रालय रहन नहुने, प्रशारण पूर्व कुनै पनि बिषयको विवरण मन्त्रालयमा पेश गर्ने बिषय संविधान बिपरित हुने बताएका थिए ।