धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

विरामी परेका मन्त्री लम्साललाई हेलिकोप्टरबाट धनगढी ल्याएर काठमाडौं पठाइयो

विरामी परेका मन्त्री लम्साललाई हेलिकोप्टरबाट धनगढी ल्याएर काठमाडौं पठाइयो

धनगढी । सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई धनगढीबाट काठमाडौं लगिएको छ । आइतबार दिउँसो नेपाली सेनाको हेलिकोप्टर मार्फत धनगढी पुर्याइएका मन्त्री लम्साल धनगढीबाट काठमाडौं लगिएको हो ।

नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी  पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।


ट्रेन्डिङ